मकवानपुरः मकवानपुरमा एकीकृत समाजवादी पार्टीको पालिका स्तरमा कमिटी निर्माण सुरु भएको छ । शनिबार मकवानपुरको बागमती गाउँपालिकामा भएको भेलाले पालिकास्तरिय कमिटी निर्माण गरिएको हो । धनपति तिमल्सिनाको अध्यक्षतामा २५ सदस्यीय पार्टीको पालिका कमिटीमा उपाध्यक्ष चर्तुमान रखाल, सचिव हेमकुमार ग्यालन, सहसचिव प्रयागराज खनाल (नवराज) लगायत रहेका छन् ।
भेलाका प्रमुख अतिथी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले केपी ओली नेतृत्वको एमालेले समाजवादको एजेन्डा छाडेकाले सो पार्टीबाट विद्रोह गर्नुपरेको बताउनुभयो । केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन ध्वस्त हुन लागेको बताउँदै कम्युनिष्ट एकता जोगाउन नसक्नेबाट मुलुक नबन्ने बताउनुभयो ।
बागमतीबाट सुरु भएको पार्टीको संरचना निर्माण कार्यलाई मकवानपुरको दश वटै पालिका र १०२ वटै वडामा पुर्याइने पनि पोख्रेलले जानकारी दिए ।
भेलामा पार्टी सचिव विष्णु दाहाल, जिल्ला कमिटि सदस्यहरु नारायण तिमल्सिना, माधव तिमल्सिना, भक्तबहादुर आले, राजप्रकाश भन्डारी, भरत लामिछाने, विष्णुकुमारी तिमल्सिनाको आतिथ्यता रहेको थियो । पार्टीका नेता खडगबहादुर पुलामीको अध्यक्षतामा पालिका स्तरिय भेला भएको हो ।