हेटौंडाः मकवानपुर कम्युनिटी अष्ट्रेलियाले मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई सात हजार मास्क सहयोग गरेको छ । शनिबार मनहरी अस्पताललाई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीमार्फत मास्क हस्तान्तरण गरेको छ भने राक्सिराङ–३ का अध्यक्ष बाबुलाल स्याङतान र ४ नम्बर वडा अध्यक्ष सञ्जय कोईरालालाई मास्क हस्तान्तरण गरिएको छ ।
मनहरी सामुदायिक पुस्तकालयको समन्वयमा मास्क हस्तान्तरण गरिएको पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानले जानकारी दिनुभएको छ । मुलुकमा संकट परेका बेला बिदेशमा रहेका नेपालीले सहयोग गर्न तत्पर हुने मकवानपुर कम्युनिटी अष्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीले बताउनुभएको छ ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा मनहरी अस्पतालका प्रतिनिधि शिबराम बानिया, रोटरी माविका अध्यक्ष शालिकराम बानिया, मनहरी सामुदायिक पुस्तकालयका सचिव मनोज मुक्तान, गैसस मकवानपुरका सदस्य नविन सुबेदीको उपस्थिति रहेको थियो ।