हेटौंडाः मकवानपुरको हेटौंडा–१८मा नेपाली कांग्रेसको सहमतिमा पदाधिकारी चयन भएको छ । राजेन्द्रराज बानियाँ सभापतिमा चयन भएका हुन् । यसैगरी उपसभापतिमा पुरुषोत्तमराज गुरागाई र गोकर्ण सुवेदी, सचिवमा योगराज खतिवडा र बेञ्जन थापा, सहसचिवमा मनिल थापा र रजनी श्रेष्ठ चयन भएका छन् ।
यस्तै महिला सदस्य ५ जनासहित २५ जनाको वडा समिति सहमतिमा चयन गरिएको कांग्रेस निकट सुजन पण्डितले जानकारी दिनुभयो । हेटौंडा–१८ मा कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँको पनि उपस्थिति रहेको थियो । उहाँले सर्वसम्मत नेतृत्व चयन भएका सम्पूर्ण पदाधिकारीलाई बधाई समेत दिनुभएको छ ।