जिन्दगी देख्दा नि विरक्त लाग्छ
छैनन् कोही आफन्त भनाउँदा यहाँ
मन रून्छ म छट्पट्टिन्छु
सोच्दैनन् कोही मेरो बेहाल
वास्तविक जीवन यही रहेछ भनी
बढ्न खोज्छु अघि
फेरि आउँछन् त्यो बितेका पल आँखामा झलझली
मनभरिका पीडा सुनाउन खोज्छु
सुनिदिने कोही नभइ पुग्छु
म दुःखको भूमरीमा
अब त जीवन यस्तै रहेछ भनी
छोडिसकेँ अरूको आस गर्न
म आफू अघि बढ्न खोज्दा
तिमी किन आउँछौ खुट्टा तान्न
गल्ती त मानवबाट नै हुन्छ
थाहा छ मलाई पनि
म फेरि गर्दिनँ भन्दै
एउटै गल्ती दोहोर्याउँछौ किन सधैँभरि
सानो गल्ती भए छोडिदिन्थे होला
म केही नभनी
जानीजानी तिमीलार्इ भरोसा गर्न
चाहादिनँ म फेरिपनि
पीडामा हुँदा मन
थामिँदैन रुन्छु म धुरूधुरू
मेरो मनको व्यथा मलाई थाहा छ
कसरी सुनाउ यो समाजको अघि
अझ कति दिन यसरी नै कोठामा थुनेर म रुने
कहिले होला म अरु मान्छे सरह जीवन जिउने
अब त विहानको किरणसँगै उदाउनेछु
अरूका लागि होइन म
आफ्नो नयाँ जीवन आफ्नै लागि बाच्नेछु ।