सिएम रिमाल हेटौंडा

गोधुली साँझ पर्नासाथ
एक हुल चराहरु
हिमालको स्वस्थ हावामा सुसेल्दै
मिठो मुस्कानमा
दिनभरिको थकान
अनि काँधको भारी बिसाउन
पुग्छन् आफ्नै कुटीमा
“बाबा, अब त ती
जुका, ब्वाँसो, स्याल, सर्प
अनि गिद्धहरु हामीलाई
खान आउँदैनन् हो ?”
बार लाग्छ, अघोषित प्रश्नहरुको ।
सिएम रिमाल