हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । मंगलबार एमालेको १२ सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै शाक्यको नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
एमाले बागमती प्रदेशको प्रमुख सचेतक दिपक निरौलाले अल्पमत परेको स्वीकार गर्दै अन्य दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
उहाँले अहिलेको सरकारले राजीनामा नदिने र अविस्वाकासको प्रस्ताव ल्याए फेस गर्ने बताउनुभएको छ । एमालेको एकल बहुमत भएको बागमती प्रदेशमा एमाले ५६ सांसदबाट ४४ सांसदमा झरेको हो ।