हेटौंडाः नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा समितिको भेला शनिबार सम्पन्न भएको छ । ४ नम्बर सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, पार्टी प्रवक्ता प्रदीप कोइराला, एक नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, क्षेत्र नम्बर एक (ख)का उपसभापति गणेश उप्रेती, नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका कोषाध्यक्ष कबिन संगामी, नेतृ अञ्जना उपाध्याय, नेपाल महिला संघ हेटौंडा ४ नम्बर सभापति रीता गौतमलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा वडा सभापति पौडेलले पार्टीको गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।