रियाज कार्की कक्षा १०, बालज्याति मा वि, पिप्ले

ज्योती छर्न सबै प्रजा हृदयमा हाम्रो उहीँ मन्जिल
छर्छौँ स्वर्ण भविष्य आज बलियो सोच्दैन तिघ्रो दिल
पैसासँग मरे इमान नहुने चाट्छन् सधैँ चप्पल
यस्तो जीवन चाहना गरिरहे अन्धो बनाई जन

शूली चप्पल चोर चढ्छ सहजै चोर्दै निचोरी कन
गर्दैनन् त विरोधयो विषयको सोझा मर्या देख्छु म
बोल्ने आज किसानको श्रमिकको धेरै भयो शोषण
आतङ्की गतिको विरुद्ध महिमा सङ्घर्षको पोषण

मोटो बोट सुकेछ सानहरुका सेना बिकेको पन
बाढी वेग परारझै क्षणिक भो झन् कष्ट देख्दै छु म
सारा मोठ छ अन्नपात नहुने हाम्रो भयो दुर्गति
सिन्जा डोब र मञ्जुश्री सडकमा निर्माण छैनन् कति
बाजो खेत लता तरक्क पसिना बाजो छ सञ्जीवनी
नारी मानवको त छैन ममता ब्वाँसो बनेछौ तिमी
झुप्रोको अघि वस्न‌ सक्छ रसिका बत्ती कहाँ वाल्छ र
हाहाकार जताततै जगतमासङ्घर्षको जीवन

गाना नाँच सबै अखण्ड लयमा सङ्गीत घन्काउन
नेपाली जनको पसी हृदयमा सत्प्रेम त्यो लेखन
मेरो देश विकास होस् त सहजै यो पाखुराले उठोस्
मेरो प्राण छुट्यो भने वगरमा सङ्घर्षमा झन् जुटोस्