फाइल तस्वीर ।


हेटौंड: हेटौंडा– १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार ७४ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । ३७ जना महिला र ३७ जना पुरुष गरी ७४ जनाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

आज स्वाब सङ्कलन गराउनेहरुमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको छ । सोमबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट मंगलबार दिँउसो आउने चौलागाईले बताउनुभयो ।