हेटौंडाः हेटौंडा—२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका कक्षा ११ को परीक्षाफल शनिबार सार्वजनिक भएको छ । परीक्षामा ६ जना विद्यार्थीले मात्र ए प्लस ल्याएको मकवानपुर बहुमुखी क्याम्पस प्लस टु संयोजक उत्तम अर्यालले जानकारी दिनुभयो ।

कक्षा ११ बाट ९ सय ७५ जनाले परीक्षा दिएका मध्ये ६ जनाले ए प्लस ल्याएका हुन् । केही मात्र विद्यार्थी अनुतिर्ण भएपनि फेरि क्याम्पसले परीक्षाको आयोजना गरी माथिल्लो कक्षा चढाउने बताउनुभयो । कक्षा १२ को नयाँ शैक्षिक सत्र अन्तर्गत आगामी भदौ २० गतेबाट अनलाइन कक्षा सुचारु गरिने अर्यालले बताउनुभयो । ८० प्रतिशत विद्यार्थी समेट्न सकिने अनुमान क्याम्पसले गरिए पनि अनुपस्थित विद्यार्थीको तुलनामा भने यदि भौतिक उपस्थितिमा पठनपाठन भएमा मात्र पढाइलाई निरन्तरता दिने बताउनुभयो ।

अर्यालका अनुसार मानविकी, विज्ञान, व्यवस्थापक र शिक्षा संकाय गरी चार संकायका विद्यार्थीहरु रहेको बताउनुभयो । कोरोना भाइरस संक्रमण फैलिएसँगै शैक्षिक क्षेत्र ठप्प भएकाले परीक्षाको नतिजा साथै पढाइको गुणस्तर खस्किएको उहाँले बताउनुभयो ।