हेटौंडाः हेटौंडा–१५ स्थित सानो सुकौली र ठुलो सुकौलीबाट नेपाली काङ्ग्रेस, जनता समाजबादी, राप्रपा, नेकपा माओबादी केन्द्र परित्या गरी ३५० जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । तत्कालीन नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यका उम्मेद्बार दिपक तितुङ्सहित, कर्ण सिङ लामा, अरुण तितुङ, अतुल स्याङबो, मेरी माया राई , रीना शाही ठकुरि, ऋषिलाल तितुङ, कोपिला पाख्रिन, सरद मोक्तान, रबी स्याङतान, भरत मोक्तान, रतन लो, युवराज लो,सुनिल स्याङतान, बबिता गोले, तारा स्याङबो लगायत एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री एबम नेकपा एमालेका केन्द्रिय सदस्य डोरमणि पौडेलले स्वागत गर्नुभएको छ । कार्यक्रममा बोल्दै पौडेलले एमाले सरकार भएको समयमा बिकास निर्माण धेरै भएको बताउनुभयो । उहाले अरु पार्टीको सरकार बनेको र केपी ओली नेतृत्वको सरकार बनेको समयमा भएको बिकाश निर्माणको तुलना गर्न आग्रह समेत गर्नुभयो । जनादेशको सरकारलाई परमादेशको आदेशले ढालेपनी जनताको मन बाट ढाल्न नसक्ने बताउनुभयो । सरकारमा हुँदा गरेका लोकप्रिय कामका कारम एमाले प्रति जनताको आकर्षण नघट्ने उहाको भनाई थियो ।
अहिले पार्टीका केही मान्छेहरुले नयाँ पार्टी बनाएको भ्रम छरेपनी सिङ्गो एमाले जनता माझ नै रहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टीका वडा कमिटी अध्यक्ष पर्स बहादुर भुजेलको सभाध्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्री जुनेली श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ,एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, अनेमसङ्घ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले जिल्ला सदस्य सुनिल मोक्तान, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीलागायतको सहभागीता रहेको थियो