सिएम रिमाल हेटौंडा

जब झिल्का झिल्का मिली
राँको बनेर गाउँबस्तीमा चहार्छ
तब त्यो राँकोले
चिन्नेछैन सुकिला, धनी,
शासक, शोषक, भ्रष्ट,
मान्यवर, नेता

ए मैहुँ भनाउँदाहरु सक्छौ भने
ती झिल्काहरु राँको हुनबाट रोक
तिमी पनि राँकोमा
जल्नबाट जोगिने छौ ।