प्रकृतिलाई नबुझेर अघि
बढ्दै छ मानव
प्राकृतिक विनास गर्न
बन्दै छ दानव
बाढी पहिरो जताततै
आज भोलि देख्दा
आपत् विपत् भोकमारीमा
रुन्छ यो मन देख्दा अनि सुन्दा
रोग व्याधी फैलिएर
हामी भएका छौँ कैदी
वातावरण नबुझेर अघि बढ्दा
खेप्नुपर्छ प्राकृतिक विपत्ति
अब पनि नबुझेझैँ गरी
बस्ने बेला छैन
उठौँ जागौँ सबैजना
लागौँ प्रकृति जोगाउन
चुप लागेर बस्ने यो बेला छैन