बिहीबार बागमती प्रदेश सभा सचिवालयमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक बस्दै


हेटौंडाः बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य र कृषि समितिको ५ दिने बैठक बिहीबार सम्पन्न भएको छ ।

साउन १७ गतेबाट सुरु भएको बैठकमा स्वास्थ्य, कृषि तथा समसामयिक घटनाको बारेमा छलफल समितिका सभापति घनश्याम दाहालले बताउनुभयो । उहाँले स्वास्थ्य र कृषि क्षेत्रमा मन्त्रायलाई निर्देशन दिने, मन्त्रालयको ध्यानाकर्षण गर्ने जस्ता निर्णयहरु भएको बताउनुभयो । यसैबिचमा उहाँले सिन्धुपाल्चोकमा विपद्ले सामुहिक खेती तथा चक्लाबन्दी खेतीमा परेको असरको स्थलगत अवलोकन गर्ने बारे छलफल भएको बताउनुभयो ।

समितिको बैठकले दार्चुलामा तुइन दुर्घटनामा जयसिंह धामी बेपत्ता हुँदा उनको यथाशिघ खोजी कार्य गर्न र दोषिलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।