तस्बिरः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कोभिड भ्याक्सिन लगाउनका लागि अनलाइन दर्ता गर्न हेटौंडा उपमहानगरपालिकाले आग्रह गरेको छ । आगामी दिनमा अनलाइन दर्ता भएकालाई मात्र खोप लगाइने भएकाले खोप लगाउन बाँकी नागरिकलाई अनलाइन नाम दर्ताका लागि आग्रह गराइएको हो ।

सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट आज बुधबार र भोलि बिहीबार अनलाइन दर्ता गराउन दर्ता सहयोगी टोली आउने भएकाले आफ्नो नागरिकता र जन्ममिति खुल्ने कागजातसहित वडाको स्वाथ्य संस्थामा सम्पर्क राख्न हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमन झाले जानकारी दिनुभएको छ । नाम दर्ता भएका १८ वर्षभन्दा माथि उमेरका समूहलाई भेरोसिल खोप लगाइने उहाँले बताउनुभयो ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबैलाई पायक पर्ने स्थल आफ्नो वडाको स्वास्थ्य केन्द्रबाट अनलाइन फर्म भरेर खोप लगाउने व्यवस्था गरिएको बताउनुभयो । अहिले कोरोना भाइरस संक्रमण तिव्र भएको अवस्थामा उपमहानगरपालिकासम्म मानिस धाउन नसक्ने स्थितिलाई मध्यनजर गरी अनलाइन दर्ता सुरु गरिएको उहाँले बताउनुभयो ।