सानो त्यो हत्केलाको रेखा
ज्योतिषीलाई देखाउँदै गर्दा
भनिदिन्थेतिम्री छोरी ७ वर्षमा
सदाका लागि बिलाउँछे,
कसैबाट चिमोटिन्छे,
कहिले नफर्किने गरी निमोठिन्छे
हत्केलाको रेखा देखाउँदै गर्दा
सबैसँग मिल्न सक्छे भनेथे
तिमी पनि फुल्दै गयौ,
रमाउँदै थियौ
त्यतिबेला ज्योतिषीले त्यति भनिदिन्थे
म पनि मान्छे चिन्ने थिएँ,
हरकोहीलार्इ विश्वास गर्दैनथेँ
तिमीलार्इ कहिले एक्लो छोड्दैनथिएँ
मेरी प्रिय छोरी,
म किन ज्योतिषको कुरा गरिरहेछु,
मैले तिमी लाई असल छुवाइ,
गलत छुवाइ सिकाउने मौका पाउँथेँ
तिमी अलिठूली बन्ने मौका पाउथ्यौ
तर, तिमीलाई सिकाउँछु,
अलि ठूलो भएपछि भन्दाभन्दै
तिमी सानी छौ सबैसँग मिल्छौ
भन्दा भन्दैउ त मेरो
आफनै त हो भन्दा भन्दै
उ त त्यही दाइ त हो भन्दाभन्दै
सबैले माया गर्छन् भन्दाभन्दै
सबैभित्र मानवता हुन्छ भन्दाभन्दै
तिमी कति बेला बिलाएछौ
तिम्रो मुस्कान कतिबेला उडिसकेछ
तिम्री आमालाई माफ गर छोरी
तिमी सानै छौ
ठूलो भएपछि सिकाउँछु भन्दाभन्दै
तिमी त कसैबाट निमोठिसकेछौ
कहिल्यै नफर्किने गरेर बिलाइसकेछौ
प्रिय छोरी, नौ महिना
कोखमा राखेकी थिएँ तिमीलाई
दुःख झेल्दै ७ वर्षकी बनाएँ तिमीलाई
आज तिमी बिलाएर गयौ
म यहाँ बिलाइरहेछु
तिम्रो हत्यारा खोज्दा खोज्दै
अबतिमी कहिल्यै फर्कन्नौ
म तिम्रा लागि न्याय दिन
सक्छु सक्दिनँ
तिमी त बुझ्दैनौ,
देशमा कानून फितलो छ
तिम्रा लागि बोलिदिने त हजारौं छन्
तर न्याय दिने निकाय मौन छ
आज, तिमीले छोडेको ५ औ वर्ष बितेछ,
यो मन उजाडिएको छ
थोरै शब्दमा उतार्दैछु
तिमीले देखिरहेछौ भने
अब त बुझ्ने भयौ होला
तर म अब खराब छुवाइ बुझाउन सक्दिनँ
देखिहाल्यौ, न्याय पाइन्न यहाँ
दोषी खुलेआम घुमिरहेछन्
यहाँदुनियाँका लागि त
दुई दिनको पत्रिकाको हेडलाइनमादेखिहाल्यौ
अब अर्को जन्ममासबै कुरा
सिकेर आउनू है छोरी
मान्छे चिन्न सक्ने भएर आउनू
राम्रो नराम्रो छुट्याउन सक्ने भएर आउनू
सबैको अघि बोल्न सक्ने
नारी हिंसा रोक्न सक्ने भएर आउनू
प्रिय छोरी, सबै ज्ञान
जन्मँदैमा लिएर आउनू