अकबरको राज्यमा वीरबल भन्ने चतुर र बुद्धिमान् मन्त्री भएको खबर देशविदेशमा फैलिएको थियो । यो कुरा इरानका राजाले पनि सुनेका थिए । उनले वीरबललाई इरान भ्रमणका लागि निमन्त्रणा पठाए । निमन्त्रणा पाएपछि राजा अकबरको अनुमति लिएर वीरबल इरान गए ।

जब वीरबल इरानका राजाको दरबारमा पुगे तब त्यहाँ अनौठौ दृश्य देखियो । त्यहाँ २०/२१ जना मानिसहरु उस्तै आसनमा बसिरहेका थिए र सबैका पोशाक उस्तै थिए । कुनचाँहि इरानका राजा हुन् भनेर चिन्नु पर्ने परीक्षामा वीरबल खडा भए । उनी केहीबेर सामुन्ने खडा भए र सबैतिर आँखा डुलाए । अन्ततः उनी सरासर एक जना मानिसको छेउमा पुगे र झुकेर अभिवादन गरे । त्यहाँ भएका सबैले ताली बजाए ।

“ हे वीरबल १ तिमीले यी उस्तै मानिसहरुको भीडमा कसरी राजा मै हुँ भनेर भिडमा चिन्यौै ?” राजाले सोधे । वीरबल मुसुमुसु हाँसे र सबैको अनुहारमा पालैपालो हेरे । “महाराज १ उस्तै पोशाक लगाउँदैमा सबै राजा हुँदैनन् । अब वास्तविक कुरा त यहाँ सबैका आँखा राजाका जस्ता थिएनन् । एकजोर आँखा मात्र राजाका थिए ।”वीरबलले भने । उनको कुरा सुनेर सबै रनभुल्ल परे ।

“ हे विद्धान् १ अनि बुद्धिमान् वीरबल १ तिमीले पछिल्लो पटक भनेका कुरा खुलस्त पार”, इरानका राजाले आग्रह गरे । “हे राजन् १ पोशाक उस्तै थियो सबैको तर सबैका आँखा हजुरतिर फर्किएका थिए । मालिक र दाससँगै बस्दा दासहरुको नजर मालिकतिर हुन्छ । बस त्यही आधारमा हजुरलाई पहिचार गरेँ ।” वीरबलले खुलाए । इरानका राजा निकै खुशी भए र उनको झनै ठूलो इज्जत गरे ।