हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१ स्थित सामरी खोलामा तुलसी माया घलानको शव फेला परेको छ । मकवानपुरगढी गाउँपालिका–६ की ४२ बर्षीय महिला तुलसी माया घलान सामरी खोलामा मृत अवस्था फेला परेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहिबार बिहान ७ बजेको समयमा स्थानीयले शव खोलामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार शव फेला परेको स्थानमा प्रहरीका टोली पुगिसकेका छन् । शवलाई पोष्टमार्टम गर्नका लागि ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।