हेटौंडाः नेपाल रक्तसञ्चार केन्द्रको ५५ औँ स्थापना दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना भएको छ । मंगलबार हेटौंडाको बुद्धचोकमा लियो क्लब अफ हेटौंडाले रक्तसंञ्चार केन्द्र हेटौंडासँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा १७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक प्रसाद दाहालले जानकारी दिनुभयो । रक्तदान गर्नेमा १६ जना पुरुष र १ जना महिला रहेका छन् ।

लियो क्लब अफ हेटौंडाका वर्ष २०२१-०२२ का अध्यक्ष कमल घिमिरेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका बागमती प्रदेश कमिटी अध्यक्ष भोला रुपाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव माधव न्यौपानेको पनि उपस्थित रहेको थियो । कार्यक्रमको संयोजन विश्व चौलागाईँले गरेको थियो ।