हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट मंगलबार १ सय २७ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । २८ जना महिला र ९९ जना पुरुषले स्वाब सङ्कलन गराएको हेटौंडा उपमहानगरपालिका जनवास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यस्तै मंगलबार बिहानबाट अमेरिकी खोप जोनसोेन एन्ड जोनसोन पनि लगाउन सुरु गरिएको उहाँले बताउनुभयो ।