नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेपछि सामूहिक तस्वीर खिचाउँदै नेकपा माओवादी केन्द्र मकवानपुरका नेताहरु ।

हेटौंडाः मकवानपुर जिल्लाका माओवादी नेताहरु संघीय राजधानी काठमाडौं पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान नेतृत्वको माओवादी नेताहरुले सोमबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डलाई भेटेका हुन् ।

गठनबन्धन सरकारमा सहभागी भएकोमा पार्टी अध्यक्षलाई बधाई दिनुका साथै मकवानपुर जिल्लाको सरोकारका विषयमा पनि छलफल गरेको माओवादी नेताले बताएका छन् । पार्टी अध्यक्षलाई भेटेपछि माओवादी मकवानपुरका नेताहरुले सोमबार साँझ ५ बजे संघीय सरकारको अर्थमन्त्री जर्नादन शर्मालाई भेटेका छन् । अर्थमन्त्री शर्मालाई भेटेर बधाई दिनुका साथै मकवानपुर जिल्लाको विकासका लागि संघीय सरकारले सहयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराएको नेकपा माओवादी केन्द्रको बागमती प्रदेश राज्य समितिका सदस्य ललित घलानले जानकारी दिनुभयो । यस्तै माओवादी मकवानपुरका नेताहरुले मंगलबार बिहान उर्जा मन्त्री पम्फा भुषाललार्ई पनि भेटेर बधाई दिएका छन् । उर्जा मन्त्री भुषाललाई मन्त्रालयमै भेटेका हुन् ।

अर्थमन्त्री जनाद्र्धन शर्मासँग छलफल गर्दै माओवादी मकवानपुरका नेताहरु ।

पार्टी अध्यक्ष र संघीय सरकारमा सहभागी मन्त्रीहरुलाई जिल्लाको विकासमा ध्यान दिन आग्रह समेत गर्ने गरी भेटवार्ता भएको घलानले बताउनुभयो । यसअघि पनि संघीय सरकारमा पार्टीको सहभागिता भएलगत्तै पार्टी अध्यक्षसहित मन्त्रीहरुलाई भेटेर बधाई दिनुका साथै जिल्लाको विकासमा सहयोग गर्न आग्रह गर्ने गरिएको घलानले जानकारी दिनुभएको छ ।

उर्जामन्त्री पम्फा भुषालसँग छलफलपछि सामूहिक तस्वीर खिचाउँदै ।

पार्टी अध्यक्ष र मन्त्रीलाई भेट्न नेकपा माओावदी केन्द्रको मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मुक्तानको नेतृत्वमा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सचिवालय सदस्य विष्णु विष्ट, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य समेत रहनुभएका बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य एवम् मकवानपुरको बामगती गाउँपालिका अध्यक्ष सर्केश घलान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भीम पाख्रिन, बीरबहादुर घलान पनि सहभागी हुनुहुन्थ्यो ।