प्रतीक्षा बराल ६ख, नवोदय शिशु सदन

गाउँ छ मेरो सुन्दर शान्त खुसीले ढाकेको
मानिस त्यहाँ हिंसाले हैन मायाले बाचेको
आनन्द लाग्छ जीउन त्यहाँ पूर्खाको यादले
वैरीनै सबै हारेर भागे मृत्युको डरले

सबैले त्यहाँ एकता रोजी मिलेर बसेका
ज्ञान र बुद्धि बाडेर तिनले आनन्द साँचेका
जीवन पुरा खेती र पाती गरेर बिताए
सबैको पेट पालेर उनी खुसीले रमाए

किसान हो जो , दुस्ख र पिडा राख्दछ साथमा
प्रकृति सधैँ हाँस्दछ त्यहाँ किसानकै हातमा
धनको धनी नभए पनि खुसीले बाँचेका
मनको दुस्ख अर्काको साथ बाँडेर हाँसेका