हेटौंडाः युवा समाज मकवानपुरको आयोजनामा हेटौंडा–९ मा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडाको प्रगती टोल र त्रिवेणी टोल बिच शनिबार मैत्रीपुर्ण फुटबल भएको हो ।
६० मिनेट भएको खेलमा प्रगती टोलले त्रिवेणी टोललाई २–० गोलअन्तरले पराजित गर्यो । युवा समाज मकवानपुरका संयोजक हेलिस मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, ए डिभिजन फुटबल खेलाडी अमिर श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा फुटबल खेलाडी अमिर श्रेष्ठलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।