हेटौंडाः मकवानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई आर्थिक वर्ष ०७७/७८ मा नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जरिवाना गरेको छ । ६८ जनालाई जरिवाना गरेबापत १६ लाख ४८ हजार ७ सय १० रुपैयाँ आम्दानी भएको प्राधिकरणको आय शाखाको लेखापाल संजीव कार्कीले जानकारी दिनुभयो ।

यस्तै समयमा विद्युत महशुल भुक्तानी नगर्ने २७७ जनाको विद्युत लाइन काटिएको छ । गत वर्षमा २ करोड २८ लाख ४३ हजार महशुल भुक्तान गर्न बाँकी रहेको २७७ जनाको लाइन कट्टा गरिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । लाइन कट्टा हुनेमा सानादेखि ठुलासम्मको ग्राहकहरु भएको प्राधिकरणले जनाएको छ ।