हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका पूर्व कार्यालय सहयोगी भीमबहादुर श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ । ५८ बर्षे उमेरहदका कारण हालै अनिवार्य अवकास हुनुभएका श्रेष्ठको उपचारका लागि संघका कार्यसमिति र सल्लाहकारबाट आर्थिक सहयोग गरिएको हो ।
संघका महासचिव प्रमोदसिंह रानाभाटको अगुवाइमा संकलित एक लाख २५ हजार रुपैयाँ बिहीबार भरतपुरमा उपचाररत श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । श्रेष्ठलाई उपचाररत अस्पतालमै गई सहयोग रकम हस्तान्तरण गरिएको महासचिव रानाभाटले जानकारी दिनुुभयो ।
फोक्सो तथा मृगौलामा संक्रमण भई तत्कालै अप्रेसनसमेत गर्नुपर्ने भएकाले उपचारका लागि परिवारका सदस्यहरुले असार ५ गते भरतपुरको पुुरानो मेडिकल कलेजमा लगेका थिए । असार ६ गते अप्रेशन सम्पन्न भएको र प्रारम्भमा भेन्टिलेटरमा राखी उपचार गर्नु परेपनि हाल जनरल वार्डमा स्वास्थ्यलाभ लिइरहनुु भएका श्रेष्ठलाई चाँडै डिस्चार्ज गरिने बताइएको छ ।