हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा प्रविधिमा आधारित सिकाई सहजीकरण तालिम हुने भएको छ । वैकल्पिक विधिबाट पठनपाठन गराउन सहजता प्रदान गर्न शिक्षकलाई तालिम दिन लागिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालनको वातावरण नभएको अवस्थामा अनलाइन माध्यमबाट शिक्षण सहजीकरण गर्नुपर्ने भएकोले तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले बताउनुभयो । आज बुधबारदेखि ३ दिने तालिम सञ्चालन हुने उहाँले बताउनुभयो ।