हेटौंडाः बागमती प्रदेश सभाको बैठक आइतबारको लागि दोस्रो पटक स्थगित भएको छ । आइतबार बिहान ११ बजेसम्म स्थगित प्रदेश सभा दिउँसो ३ बजेट बस्ने भनिएपनि बस्न सकेन् । अब प्रदेश सभा बैठक सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

शनिबार प्रमुख प्रतिपक्ष दल माओवादी लगायत विपक्षी दल कांग्रेस, विवेकशील, नेमकिपा, जसपा, राप्रपा लगायतले बजेटको विरोध गरेसँगै सदन चल्न सकेन् । आइतबार प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग छलफल गरेपनि बैठक बस्न सक्ने वातावरण बन्न नसकेपछि बैठक सोमबारलाई सारियो ।
बजेटमा विद्युतीय बस, सुरुङ मार्ग, विपदको रकम स्थानीय तहलाई पठाउनुपर्ने, बजेट पुस्तिका लगायतमा असन्तृष्टि जनाउँदै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । बजेट विनियोजन गर्दा सांसदहरुलाई नै असमानता गरेको सांसद लालकुमारी पुनले बताउनुभयो ।

प्रदेश सभामा केन्द्रमा देखिएको राजनीतिले गर्दा सदन नचल्ने अवस्था सिर्जना भएको हो । प्रदेश सभामा एमालेको एकल बहुमत रहेको छ । नेकपाको वरिष्ठ नेता माधव कुमार नेपाल समूहको सांसदहरुको साथ पाउँदा बागमती प्रदेशले बहुमतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको थियो । तर अहिले केन्द्रमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली एक र कांग्रेस, माओवादी लागायतले बाम गठबन्धन गर्दा बागमती प्रदेशको बजेट पास नहुने स्थिति बनेको हो ।