माइतीघर छोडी पराइको हुनु पर्ने
आमाबुवा त्यागी नयाँ जीवन सुरु गर्ने
आफ्नो थर फेरि अरुकैको राख्नु पर्ने
दुस्ख कष्ट सधैंभरि नारीले नै झेल्ने
पढिलेखी ठूलो बन्ने सपना त बोक्ने
तर पछि अरुकैको भर पर्नु पर्ने
सन्तानको भलो चिताई जीवन यसै गयो
दुस्ख पीडा नारीको नै साथी नै पो बन्यो
छोरी भए फ्याकिने रे छोरा भए पाल्ने
छोरीनै हो लक्ष्मी, देवी भन्न चाहिँ भन्ने
यो सबै नै सम्झिकन तप तप आँसु झर्छ
आफ्नै समाज देखी आज घिन लाग्ने गर्छ
नारी पनि गर्न सक्छन् ठूला ठूला काम
त्यसका लागि चाहियो नि परिवारको साथ
मिलोस् अब नारीलाई हक अधिकार
देवी भनी महिलाको गरौं सत्कार ।।