हेटौंडाः मकवानपुरको बाघझोरा खोलामा साना सवारीहरु रोकिएका छन् । अविरल वर्षासँगै आएको भेलबाढीले गर्दा मुल सडकमा साना सवारीहरु रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ठुला सवारी भने चलेका छन् ।
यस्तै मकवापनुरको भीमफेदी–कुलेखानी सडकखण्ड अझै खुल्न सकेको छैन । बुधबार खसेको पहिरो पन्छाउन नसक्दा अझै सडक सुचार नभएको हो । यस्तै कैलाश गाउँपालिकाका–१ डाडाखर्कबाट पालुङ आउने सडकमा पहिरो खसेको छ । त्यहाँ सवारी आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।