हेटौंडाः बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुने भएको छ । असार १७ गते दिउँसो ३ बजेको लागी प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो ।
यही असार १ गते बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५७ अर्बको बजेट ल्याएको थियो । बजेट ल्याएसँगै त्यसमाथि छलफल भने हुन सकेको थिएन ।
बागमती प्रदेश सरकारको बजेटमा विपक्षी दलहरुले भने असन्तृष्टि जनाउँदै आएका छन् । उनीहरुले बजेटमा धेरै सुधार गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता इन्द्र बानीयाँले सरकारले प्रेस संचालन गर्न नहुने भन्दै बजेटमा १० करोड विनियोजन गरेको प्रति भत्र्सना गर्नुभएको छ । उहाँले यसबारे सदनमा आवाज उठाउने बताउनुभएको छ ।