हेटौंडाः मकवानपुरमा सोमबार ५५ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिउसो सार्वजनिक गरेको विवरण अनुसार ५५ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकामा ९ जना, थाहा नगरपालिकामा २१ ज्ना, बागमती गाउँपालिकामा ३ बकैयाँ गाउँपालिकामा ४ जना, मनहरीमा ११ जना, मकवानपुरगढी गाउँपालिकामा २ र राक्सिराङ गाउँपालिकामा २ जना रहेका छन् ।
सोमबार हेटौंडा अस्पतालमा भएको पीसीआर परीक्षण रिपोर्ट भने समावेश नभएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । दिउँसो २ बजेसम्म अस्पतालबाट परीक्षण रिपोर्ट आइनपुगेकोले सोमबारको पीसीआर रिपोर्ट मंगलबार मात्रै समावेश हुने उहाँले बताउनुभयो ।