सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा–१६ का ३८ वर्षीय एक पुरुष र हेटौंडा–९ को ७३ वर्षकी एक महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।

अस्पतालमा यो सहित ९५ जनाको मृत्यु भएको छ । अहिले अस्पतालमा २८ जना कोरोनाका गम्भिर संक्रमितहरु उपचाररत रहेको अस्पतालले जनाएको छ ।