हेटौंडाः बकैया गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाको हात्तीसुँडेमा रहेको सेन्चुरी कमर्सियल बैंक र छतिवनमा रहेको कृषि विकास बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । असार ६ गतेदेखि १८ गतेसम्म बैंंकहरुले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएका छन् ।
गाउँपालिकाको ३, ८ र ९ नम्बर वडाका वृद्धवृद्धाहरुलाई हात्तीसुँडेस्थित सेन्चुरी कमर्सिएल बैंकबाट र अन्य वडाका वृद्धवृद्धालाई छतिवनस्थित कृषि विकास बैंकबाट भत्ता वितरण भइरहेको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी निषेधाज्ञा थपिएको अवस्थामा बिरामी बृद्धबृद्धाहरुलाई गाउँघरबाट बोकेर बैंकसम्म पुर्याउन समस्या भएको छ । बैंकमा भत्ता लिन आउनेको भिड बढेकाले लाइनमा बस्दा घण्टौंसम्म कुर्नुपर्ने बृद्धबृद्धाहरुको गुनासो छ ।