मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः असार १३ गतेबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सेवाहरु सुचारु गरिने भएको छ । यसअघि स्थगित गरिएको नयाँ नागरिकता, प्रतिलिपि र राहदानीको काम अब १३ गतेबाट सुचारु गरिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अब बारअनुसार सो सेवा दिने भएको हो ।

आइतबार र सोमबार हेटौंडा उपमहानर, मंगलबार र बुधाबार थाहा नगर, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी, बिहीबार र शुक्रबार बागमती, बकैया, मकवानपुरगढी र मनहरी गाउँपालिकाका नागरिकलाई सेवा दिने भएको हो ।

यस्तै शान्ति सुरक्षा, विपद, मुद्धा, संघ संस्थाको, पत्रपत्रिका, नाबालक परिचयपत्र लगायतको कामहरु भने नियमित हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।