हेटौंडाः सिन्धुपाल्चोकको हेलम्बुमा १८ जनाको स्वास्थ्यकर्मीको टिम आज पुगेको छ । बाढी, पहिरो प्रभावित क्षेत्र हेलम्बुको दुई स्थानमा स्वास्थ्यकर्मीको क्याम्प लगाइने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले हेलम्बुको गणेसिर र भूवनेश्वरी मावीमा क्याम्प राखेर स्वास्थ्य परीक्षण गर्ने बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालका ३ जना चिकित्सकसहित आर्मी र पुलिसको स्वास्थ्य टोली हेलम्बुलमा पुगेको हो ।