हेटौंडाः हेटौंडा अस्पताललाई विभिन्न संघ संस्थाबाट स्वास्थ्य सामग्री सहयोग हुँदै आएको छ । हालसालै अस्पतालका निमित्त मेसु डा.रामचन्द्र सापकोटा र अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको पहलमा प्रबासी एकता मञ्च अष्ट्रेलियाबाट एक थान भेन्टिलेटर, स्वास्थ्य सेवा विभाग, आपूर्ति महाशाखाबाट पीपिई ५ सय थान, १ हजार गाउन, ५ हजार सर्जिकल मास्क, एन ९५ मास्क ५ सय थान, फेस शिल्ड एक सय थान, सर्जिकल ग्लोबस ४ हजार पिस, इन्जेक्सन रेम्डीसिभिर १ सय, गम बुट ९६ पियर लगायत अन्य स्वास्थ्य सामाग्रीहरु मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई प्राप्त भएको छ ।
अस्पताललाई यसअिघ ३१ संघ संस्था तथा व्यक्तिले स्वास्थ्य सामग्री तथा पोषिलो खानेकुरा सहयोग गरेका छन् । हालसम्म ८ जना व्यक्ति तथा संघसंस्थामार्फत ११ लाख कोभिड उपचारको लागि अस्पताललाई सहयोग भएको छ । यस्तै विभिन्न संघ संस्था तथा व्यक्तिको पहलमा ११ सय बढी अक्सिजन सिलिन्डर अस्ताललाई सहयोग भएको हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो ।