सहयोग हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १२ र १३ नम्बर वडामा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सोमबार ३२० परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

हेटौंडा–१२ का १६० परिवार र हेटौंडा–१३ का १४० परिवार गरी ३२० परिवारलाई प्रतिपरिवार २५ केजीका दरले चामल सहयोग गरिएको हो । सभापति बानियाँद्वारा सहयोग भएको चामल नेपाली कांग्रेसका कार्यवाहक सभापति बिष्णु लामिछानेले हस्तान्तरण गर्नुभएको थियो । खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य अर्जुन तिवारी, हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँ, नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरका सभापति उत्सव इटेनी लगायतको सहभागिता रहेको थियो ।