हेटौंडा अस्पातल ।

हेटौंडाः कोभिडको दोस्रो लहर सुरुभएसँगै हेटौंडा अस्पतालले संक्रमितलाई पनि उपचार सेवा दिन सुरु ग¥यो । १० बेडको एचडियू सेवाबाट सुरु गरेको अस्पतालले आफ्नो सेवा विस्तारै बढाएको थियो । जसले गर्दा मकवानपुर लगायत आसपासका जिल्लाहरु बारा, पर्सा र रौतहटका कोभिडका विरामीले पनि निशुल्क सेवा प्राप्त गर्न सके । यसअघि कोभिडको पहिलो लहरमा मकवानपुरबाट कोभिडका बिरामीहरुलाई समस्या भए चितवन र काठमाडौं लैजानुपर्ने बाध्यता थियो । त्यसो त विरामीहरुलाई भर्ना गर्न अस्पतालले मान्दैन थिए । अझ भेन्टिलेटर पाउन धेरै मुस्किल नै थियो । कोभिडको दोस्रो लहरमा हेटौंडा अस्पतालमा आइसियू, एचडियू र भेन्टिलेटरसहितको सेवा सुरु हुँदा गम्भिर किसिमका कोभिड संक्रमितहरुले सहजै उपचार सेवा पाएका छन् ।

हेटौंडा अस्पतामालम बैशाख महिला देखि असार ६ गते सम्म ३६६ जना कोरोना संक्रमितले सेवा पाएका छन् । उनीहरुमध्ये १७ जनालाई थप उपचारको लागि अन्यत्र रिफर गरिएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्ले जानकारी दिनुभयो । २६० जना डिस्चार्ज भएका छन् भने हालसम्म ८९ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । यस्तै अस्पतालमा अहिले ४० जना संक्रमितहरु उपचार गराइरहेका छन् ।

कोभिडको दोस्रो लहरमा अस्पतालमा सेवा सुरुवात गर्न निक्कै कसरत गर्नुपर्‍यो । मकवापनुरको प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्य समिति मकवानपुरका प्रमुख लगायतले निकै चासो राखे । सम्भवत अस्पतालको कर्मचारी र प्रशासनको सक्रियतामा हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भयो । यस बिचमा कोरोनाको उपचार गर्न कमजोर प्रस्तुती भएपछि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठले राजीनामा नै दिए ।

त्यसपछि अस्पतालमा सबै व्यवस्थापन गर्न अस्पतालका अध्यक्ष राजेश प्रसाई भूमिकामा देखिए । उहाँले अस्पताललाई उपचार सेवा दिन व्यवस्थित गर्दै जानुभयो । अस्पतालमा कोरोनाको दोस्रो लहरमा जेष्ठ मसान्तसम्म ११ लाख ६० हजार रुपैयाँ उपचार सेवा सहज बनाउन ११ जना दाताहरुले सहयोग गरेका छन् । विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा उनीहरुले सो रकम अस्पताललाई सहयोग गरेका हुन् । यस्तै ११८३ थान अक्सिजन सिलिन्डर अस्पताललाई सहयोग भएको छ । भने ३१ संघसंस्था तथा व्यक्तिले स्वास्थ्य सामग्री, पोषिलो खानेकुरा लगायत सहयोग गरेका छन् ।