हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट सोमबार बिहान ६३ जनाको स्वाब नमूना संकलन गरिएको छ । २० जना महिलासहित ६३ जनाको स्वाब नमूना संकलन गरिएको हेटोंडा उपमहानगरका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
आइतबार ३९ जनाको स्वाब संकलन गरिएको थियो । पछिल्लो दिनमा कोरोना परीक्षण गर्नेहरुको संख्यामा तिव्र कमी आएको चौलागाईले बताउनुभएको छ ।