हेटौंडाः प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने ९५ सवारी साधानलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालय अघि भएको सवारी चेकिङमा निषेधाज्ञा उल्लंघन गर्ने टिफर ११ वटा,अटो तथा मयुरी ४२ वटा, मोटरसाइकल ३५ वटा र ट्याक्टर ७ वटालाई ट्राफिकले जरिवाना गरेर छाडेको छ ।

आइतबार र सोमबार बिहान भएको चेकिङमा निषेधाज्ञा उल्लंघन गरेका सवारीलाई सम्झाई बुझाई तथा कारबाही गरेर छाडिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रकाश पाण्डेले जानकारी दिनुभयो ।