हेटौंडाः बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा शुक्रबार नियुक्त हुनुभएका सन्तोष चौलागाइलार्ई सचेत नागरिक युवा समुह मकवानपुरले शनिबार स्वागत तथा सम्मान गरेको छ ।
समाजका अध्यक्ष शिवनारायण श्रेष्ठले युवालाई रोजगारी सिर्जना, युवाहरुलाई सक्षम बनाउने गरी युवा परिषद्को भूमिका निर्वाह गर्न चौलागाईलाई आग्रह गर्नुभएको छ । यस्तै उपाध्यक्ष चौलागाईले कृषिमा आधुनिकीकरण मार्फत युवाको क्षमता विकास गर्ने बताउनुभयो ।
४ वर्षे कार्यकालका लागि नियुक्त हुनुभएका चौलागाईले सरोकारवाला क्षेत्रका व्यक्तित्व र विज्ञसँगको परामर्शमा उपयुक्त योजना बनाएर काम गर्ने बताउनुभयो । ४० प्रतिशत भन्दा बढी सक्रिय युवा शक्ति भएको मुलुक नेपाल स्वर्णिम समयमा रहेको उल्लेख गर्नुहुँदै देश विकासमा युवाको शक्ति उपयोग गर्न आवश्यक भएको औँल्याउनुभयो ।