हेटौंडाः बागमती प्रदेशले आगामी आर्थिक वर्ष ७८/७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार तथा वित्तीय ब्यबस्थापन तर्फ २ अर्ब बजेट विनियोजन गरिएको छ ।