हेटौंडाः बागमती प्रदेशले आगामी आर्थिक वर्ष ०७८/७९ मा स्थानीय तहलाई चालू वर्षभन्दा ३.७ प्रतिशतले वित्तिय हस्तान्तरण रकम वृद्धि गरेको छ ।
प्रदेशले ११९ स्थानीय तहलाई १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । प्रदेश समपुरक अनुदान ३०९ योजनाको लागि २ अर्ब ९२ करोड विनियोजन भएको छ । विशेष अनुदान ४२ करोड, सर्शत अनुदान २ अर्ब ६९ करोड विनियोजन भएको छ ।
विभागिय मन्त्रालयबाट शिक्षामा ६९ करोड, कृषि २७ करोड, भौतिक पूर्वाधारको लागि १ अर्ब ७० करोड वित्तिय हस्तान्तरण विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।