हेटौंडाः मकवानपुरमा ४ हजार ३ सय ६८ जनाले कोभिड–१९ विरुद्ध चाइनिज भेरोसेल खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार ६ हजारलाई लगाउने लक्ष्य भएपनि आज दिउँसो २ बजेसम्म ४ हजार ३ सय ६८ जनाले पहिलो चरणको खोप लगाएका हुन् । उनीहरुले अबको ४ हप्ताभित्र दोस्रो चरणको भेरोेसेल खोप लगाउनेछन् ।