फाईल तस्वीर ।

हेटौंडाः मकवानपुरमा सोमबार राति १२ बजेदेखि जारी निषेधाज्ञा सकिँदै छ । बैशाख १९ गतेबाट लगाइएको निषेधाज्ञा थपिँदै जेठ ३१ गतेसम्म पुर्‍याइएको थियो । यसबीचमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

जिल्लाको सदरमुकाम हेटौंडामा निषेधाज्ञामा एक समय औषधी र अक्सिजन सिलिन्डर व्यवसाय बाहेक अन्य ब्यवसाय बन्द गरेको प्रशासनले असार १ गतेपछि कस्तो संरचना तय गर्छ अन्यौल छ । अहिले बिहान ९ बजेसम्म बजारमा खाद्यान्न, फलफुल, माछा, दुध लगायत अतिआवश्यक पसलहरु संचालन गर्न दिइएको छ । आइतबार दिउँसो बस्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा यसबारे छलफल हुनेछ ।