हेटौंडाः बागमती प्रदेश सभामा शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिव्यक्ति सांसद नरोत्तम वैद्यले फिर्ता लिएका छन् ।
शनिबार बागमती प्रदेश सभाकोे बैठकमा स्पष्टिकरण दिँदै उनले बोल्न पाउने स्वतन्त्रतालाई आवश्यकता भन्दा बढी नै फिल गरेको बताउनुभयो । उहाँले आफुले बोलेको कुरा संसदीय मर्यादा विपरित र प्रधानमन्त्री लक्षित आपत्तिजनक भएको भन्दौ आत्मालोचना गर्नुभएको छ ।












