हेटौंडाः सचेत नागरिक सेवा समुहले वडा प्रहरी कार्यालयलाई ५० काटुन पानी सहयोग गरेको छ । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० सँगको सहकार्यमा समूहले कोभिड–१९ विरुद्ध क्रियाशील समूहलाई सहयोग गर्दै आएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालको प्रमुख आतिथ्यमा पानी हस्तान्तरण गरिएको समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । समूहका सदस्य अनल श्रेष्ठको संयोजनमा वडा प्रहरी कार्यालयलाई ५० काटुन पानीसँगै सामुदायिक प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीलाई १५ वटा खाजा पनि सहयोग गरेको छ । सचेत नागरिक सेवा समुहले विपन्न परिवारलाई खाद्यान्न समेत वितरण गर्दै आएको छ ।