हेटौंडाः मकवानपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सोमबार संकलित ११५ जनाको स्वाब नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२० जना महिला र २३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३२ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका एकजना, कैलाश गाउँपालिकाका ४ जना छन् । मंगलबार संक्रमण पुष्टि भएकामध्ये ४ जना बालबालिका र ७५ बर्षभन्दा बढी उमेरका एकजना ज्येष्ठ नागरिक छन् ।