सांकेतिक तस्वीर ।

हेटौंडाः कोरोना भाइरसको दोस्रो लहरमा हेटौंडा अस्पतालमा उपचारको क्रममा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पताल थप एक कोरोना संक्रमितको मृत्यु भएको हो । अस्पतालको आइसियूमा उपचाररत हेटौंडा ९ की ४१ वर्षकी महिलाको मृत्यु भएको हो ।

हेटौंडा अस्पतालमा संक्रमण पुष्टि भइ उपचार गराउने मध्ये १९० जना डिस्चार्ज भएका छन् । १५ जना संक्रमितलाई भने अन्यत्र रिफर गरिएको अस्पतालका सुचना अधिकारी राझिव झाले जानकारी दिनुभयो । अहिले अस्पतालमा ४५ संक्रमितहरु उपचाररत छन् । आइसियूमा १०, एचडियूमा १२, वार्डमा २० जना र तीन जना इमरजेन्सी तथा फिबर क्लिनीकमा उपचार गराइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले बताउनुभयो ।