हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले जारी निषेधाज्ञा उल्लघंन गरेको आरोपमा हार्डवेयर पसल,कपडा पसल र स्कुलरोडको घर संसार मिनि मार्केका सचालकलाई नियन्त्रणमा लिएको छ । उनीहरु मध्ये हेटौंडा–४ स्कुरोडका व्यवसायी हिरालाल केशरीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० हजार जरिवाना गरेर छोडेको छ । यस्तै अन्य पसलेलाई पने प्रशासनलले जरिवाना गरेर छाडेको छ ।

शुक्रबार निषेधाज्ञा उल्लङ्घन गर्ने ६ वटा मोटारसाइकल/स्कुटर र २६ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिएको छ । कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ६ वटा सवारी साधनलाई जनही दुई देखी पाँच हजारसम्म जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।